आलु-प्याजमा लगाएको करले मूल्यवृद्धि घट्छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताएका छन्।

बिहीबार अर्थ मन्त्रालयमा नेपाली किसानहरुले अर्थमन्त्रीलाई आलु-प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेका किसानहरूको टोलीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले अनुदान नपाएको भन्दै उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको बताए।

अर्थमन्त्री महतले सरकारले तरकारीमा कर स्थानीय उत्पादन वृद्धि र संरक्षण गर्नकै लागि लगाएको दाबी गरे। उनले सरकारले आयातीत आलु-प्याज रोक्ने र स्थानीय उत्पादनको प्रोत्साहन र सरंक्षण गर्ने मुख्य उद्देश्य रहेको भन्दै बजेट आएपछि स्वार्थ समूहले गलत प्रचार गरिरहेको बताए।

उनले आलु-प्याजमा लगाएको करले उपभोक्ता मूल्यमा वृद्धि नहुने उल्टो मूल्य घट्ने बताए। उनले करको व्यवस्थाले मूलतः आयातीत वस्तु मात्रै महँगो हुने भन्दै स्थानीय उत्पादनलाई महँगो नबनाउने बताए।

अर्थमन्त्री महतले सुपर मार्केटमा त्यही खालका उपभोक्ताहरू पुग्ने भएकाले त्यहाँ कर लगाएको बताए। उनले सरकारसँग स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न कर लगाउनुको विकल्प नभएकाले कर लगाएको बताए।

उनले तरकारीमा कर लगाउने सरकारको कदम मुलुकलाई आत्मानिर्भर उन्मुख गराउने उद्देश्य रहेको बताए।

उनले सरकारले नयाँ टेक्नोलोजी प्रयोग गर्ने कृषकहरुलाई प्राथमिकतामा राखेर उत्पादन अनुदान दिने बताए। उनले नेपाली किसानहरूलाई ढुक्क भएर उत्पादन बढाउन आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर