बालेन शाहलाई नागरिक उड्डयन प्राधिकरणले सोध्यो स्पष्टीकरण

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले स्पष्टीकरण सोधेको छ।

काठमाडौं महानगरपालिका-९ स्थित विमानस्थल क्षेत्रमा प्राधिकरणलाई कुनै जानकारी नदिई मेयर शाहकाे निर्देशनमा नगर प्रहरीले फेन्सिङ तार काटेपछि शाहलाई स्पष्टीकरण सोधिएको हो।

बिहीबार नगर प्रहरी उपरीक्षक राजु पाण्डेले कुनै जानकारीबिना अन्य नगर प्रहरीलाई तार काट्न लगाएको प्राधिकरणको भनाइ छ।

‘तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो? यो पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नुहुन प्राधिकरणको मिति २०८० / ०२ / ३२ को निर्णयानुसार जानकारी गराइन्छ,’ प्राधिकरणले सोधेको स्पष्टीकरणमा भनिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *