टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन भएको छ।

शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै उनको प्रतिनिधिसभा सदस्य पद गुमेको हो।

प्रतिनिधिसभा नियमावलीको नियम १४८ उपनियम ३ मा फौजदारी अभियोगमा समातिएका सांसद थुनामा गएमा सांसद पद निलम्बन हुने व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *