बलिउड अभिनेत्री अमिषा पटेलले गरिन् अदालतमा आत्मसमर्पण

‘कहो ना प्यार है’ र ‘गदर’ फिल्ममा अभिनयबाट आफूलाई अब्बल प्रमाणित गरेकी बलिउड अभिनेत्री अमिषा पटेल ठगी मुद्दाको सामाना गरिरहेकी छन्। यसै मामिलामा उनलाई राँचीको अदालत उपस्थित हुनु परेको छ।

शनिबार उनले राँची सिभिल कोर्टमा आत्मसर्पण गरेकी हुन्। उनी कपडाले आफ्नो अनुहारसहित शिर छोपेर अदालत पुगेकी थिइन्।

अमिषामाथि राँचीका फिल्म निर्माता अजयकुमार सिंहले चेक बाउन्स, ठगी र धम्कीको आरोपसहित मुद्दा दर्ता गरेका थिए।

अमिषामाथि फिल्ममेकर अजयकुमार सिंहसँग फिल्मको प्रचारप्रचारका लागि २.५ करोड भारू लिएको आरोप छ।

फिल्म सकिएपछि ब्याजसहितको पैसा फिर्ता गर्नुपर्ने थियो। तर, २०१३ मा शुरू भएको सो फिल्म पूरा हुन सकेन।

त्यसैले अजय सिंहले आफ्नो पैसा फिर्ता मागेका थिए। अमिषामाथि अजयकुमार सिंहको पैसा फिर्ता नगरेको आरोप छ।

यस मामिलामा राँची सिभिल कोर्टले अमिषालाई अदालतमा उपस्थित हुन भनेको थियो। तर, उनले अदालतमा उपस्थित हुन इन्कार गर्दै आएकी थिइन्। जसका कारण अदालतले उनीविरुद्ध वारेन्ट जारी गर्नु परेको थियो।

अदालतमा हाजिर भएपछि अमिषालाई २१ जुनसम्म सशर्त जमानत दिइएको छ। यस विषयमा अर्को सुनुवाइ जुन २१ मा हुनेछ र अदालतले सो मितिमा फेरि उपस्थित हुन अमिषालाई आदेश दिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर