दक्षिण सुडान हिंसामा परेका पीडितहरूकाे सेवामा नेपाली शान्ति सैनिक

द्वन्द्वग्रस्त पूर्वी अफ्रिकी मुलुक दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा तैनाथ नेपाली शान्ति सैनिकले फरक समुदायका मानिसहरूबीच हिंसात्मक झडप भएपछि स्थानीय तथा घाइतेहरूको उद्धार गरेका छन्।

दक्षिण सुडानको मालाकालस्थित ‘दक्षिण सुडानमा राष्ट्रसंघीय मिसन (यूएनमस)’ हाता नजिक रहेको आन्तरिक रूपमा विस्थापित सर्वसाधारण रहने शिविरमा बस्दै आएका फरक समुदायका मानिसहरूबीच हिंसात्मक झडप भएको हो।

झडपछि नेपाली शान्ति सैनिक हाई-रेडिनेस कम्पनी छैटाैं डफ्फा (एनईपीएचआरसी) बाट खटिएको फौजले १८ जना स्थानीयहरूको सकुशल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि लेभल-२ अस्पतालमा पठाएको हो।

दक्षिण सुडानमा हिंसात्मक द्वन्द्वकाे लामाे इतिहास छ। विभिन्न क्षेत्रमा भइरहेका जातीय, लैंगिक तथा अन्तरसाम्प्रदायिक हिंसात्मक द्वन्द्वले मुलुक अशान्त छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *