राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेशसँगै प्रशिक्षण विभाग प्रमुख बने पूर्वबैंकर अनिल केशरी शाह

नेपालको बैकिङ क्षेत्रमा फरक पहिचान बनाएका सेलिब्रेटी बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । उनी रास्वपा स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् ।

सभापति रवि लामिछानेले उनलाइ पार्टीमा स्वागत गरे । रास्वपामा प्रवेश गरेसँगै उनलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

टेलिभिजनकर्मी रवि लामिछानेको नेतृत्वमा ७ असार २०७९ मा रास्वपाको स्थापना भएको थियो । पार्टी स्थापनाको १ वर्ष पूरा गरेको अवसर पारेर रास्वपाले बिहीबार दिउँसो १ बजे चियापान आयोजना गरेको छ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै लामिछानेले आफ्नो नेतृत्वमा नयाँ राजनीतिक पार्टी गठन गरेका थिए ।

पार्टी गठन भएको ६ महिनामा भएको प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा रास्वपाले राम्रो उपस्थिति प्रमाणितगर्दै संसदको चौथो ठूलो दल बन्ने सफलता पाएको छ । प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरेर रास्वपाले प्रतिनिधि सभामा २० सिट जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर