एनएमबी बैंक र खेतीको सहकार्यमा एनएमबी खेती कर्जाको सुरूवात

एनएनबी बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित बिनाधितो एनएमबी खेती कर्जाको आधिकारिक रूपमा शुभारम्भ भएको छ।

यस कर्जामार्फत किसानहरूले खेती एपको नयाँ फिचर एनएमबी खेती कर्जामा आवेदन दिई सहज रूपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्नेछन्।

वित्तीय पहुँचबाट वञ्चित रहेका किसानहरूले सहज रूपमा कर्जा प्राप्त गरून् भन्ने हेतुले पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित बिनाधितो कर्जा नेपालमा नै पहिलो पटक सुरू गरिएको हो।

किसानहरूले आफूलाई आवश्यक कृषि बीउबिजन, अन्य विभिन्न आवश्यक कृषिजन्य वस्तु तथा उपकरणहरू खरिद गर्नका लागि यो कर्जा सरल किस्ताबन्दीमा बिनाधितो प्राप्त गर्न सक्नेछन् भने यस कर्जा प्राप्त गर्नका लागि अन्य कर्जाजस्तै कर्जाका लागि आवश्यक कागजातहरू पेस गर्नुपर्ने झंझट व्यहोर्नुपर्ने हुँदैन।

यो कर्जा पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित कर्जा भएकाले किसानहरूले खेतीसँग पहिला गरेको कारोबारको मूल्यांकन गरेर स्वीकृति गरिनेछ भने ग्राहकहरूले ३ महिनादेखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् र कर्जा चुक्ता गरिसकेपछि निजले फेरि अर्काे कर्जा पनि तुरून्तै प्राप्त गर्न सक्नेछन्।

यस एनएमबी खेती कर्जा प्राप्त गर्नका लागि ग्राहकहरूले एनएमबी बैंकमा खाता खोलेको हुनुपदर्छ भने खेती एप अनिवार्य डाउनलोड गरी एपमा भएका फिचरहरूको प्रयोग गरेर ग्राहक पहिचान विवरण भर्नुको साथै कृषिजन्य उत्पादन तथा उपकरणको कारोबार खेती एपबाट गरेको साथै रोग तथा कीरा नियन्त्रण, फर्म सरूजस्ता खेतीका महत्त्वपूर्ण चरणहरूमा पूर्ण सहभागी भएको हुनुपर्नेछ।

देशले कृषिको व्यावसायिकरणमा जोड दिइरहेको अवस्थामा किसानहरूलाई पूर्ण रूपमा डिजिटल प्र्रविधिमा आधारित बिनाधितो कर्जा ५ मिनेटभित्र प्राप्त गर्न सकिने यस एनएमबी खेती कर्जाले किसानहरू लाभान्वित भई समग्र कृषि क्षेत्रको विकास भई नेपालको अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव परी देशको आर्थिक विकासमा मद्दत पुग्ने बैंक र खेतीको विश्वास रहेको छ।

एनएमबी बैंकले हाल देशभरि २०१ शाखाहरू, १३८ एटीएमहरू र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर