कांग्रेसका उद्धव थापालाई कोशीकाे मुख्यमन्त्री उम्मेदवार बनाउने सत्ता गठबन्धनमा सहमति

सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर नयाँ सरकार गठनको प्रस्ताव लैजाने निर्णय गरेको छ।

एमालेको सरकार ढलेपछि कोशी प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनबीच थापालाई अघि सार्ने सहमति भएको हाे।

सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले कोशी प्रदेशमा पनि केन्द्रमा रहेको गठबन्धनकै सरकार गठनका लागि पहल गर्ने र मुख्यमन्त्रीमा कांग्रेसका थापालाई अघि सार्ने निर्णय गरेको एक नेताले जानकारी दिए।

उक्त पदमा माओवादी केन्द्रको पनि दाबी रहँदै आएको अवस्थामा सोमबार बालुवाटारमा बसेको संघीय सरकारको गठबन्धनले उक्त सहमति गरेको हो।

कोशीमा प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न सूचना जारी गरेका छन्। खापुङले नेपालको संविधान धारा १६८ को उपधारा २ अनुसार दुई दल वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि आह्वान गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर