घुस लिएको अभियोगमा वडा अध्यक्ष र सचिवविरूद्ध मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका-२ का वडा अध्यक्ष बुलन यादव र वडासचिव अमृतनारायण मिश्रविरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग ७० हजार रूपैयाँ घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले उनीहरूलाई पक्राउ गरेको थियो ।

आयोगले उनीहरूविरूद्ध बिगोबमोजिमको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर