कोशी प्रदेश सरकार गठनविरूद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

कोशी प्रदेश सरकार गठनविरूद्ध परेको रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ।

यसअघि आइतबार सुनुवाइका लागि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिए पनि समय अभावका कारण हेर्न नभ्याइनेमा राखिएको थियो।

कोशी प्रदेशमा बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेको भन्दै नेकपा (एमाले) ले त्यसविरूद्ध रिट दर्ता गरेको थियो।

निष्पक्ष बस्नुपर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट दर्ता गराएका थिए।

रिटमा एमालेले सो प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ।

कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *