नेपाल एसबीआई बैंक र जीआर फूड एण्ड बिभरेजबीच छुट प्रदानसम्बन्धी सम्झौता

नेपाल एसबीआई बैंक लिमिटेड र जीआर फूड एण्ड बिभरेज प्रालि, विराटनगरबीच छुट प्रदानसम्बन्धी सम्झौता भएको छ।

नेपाल एसबीआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरूलाई सम्राट क्याफे एण्ड पबमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोगबापत खाना र पेय पदार्थमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।

उक्त सम्झौतामा बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे र जीआर फूड एण्ड बिभरेज प्रालिका महाप्रबन्धक श्यामप्रसाद शाहले हस्ताक्षर गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर