नेपालगञ्जमा स्रोत नखुलेको २० लाख रूपैयाँसहित एक जना पक्राउ

सशस्त्र प्रहरीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१५, जमुनाहस्थित शर्मा गल्लीबाट स्रोत नखुलेको २० लाख नेपाली रूपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

बिहीबार सोही उपमहानगरपालिकाको जयसपुर बस्ने २० वर्षीय सोहेल कुरेशीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहले सो रकमसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

भारतबाट नेपालतर्फ आउँदै गरेका कुरेशी चढेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक भने मोटरसाइकलसहित भागेका थिए।

मोटरसाइकल पछाडि बसेका कुरेशीले बोकेको सो रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका कुरेशीलाई बरामद रकमसहित कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय, जमुनाह, बाँकेमा बुझाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *