दक्षिण सुडानको विद्यालयलाई नेपाली शान्ति सेनाको शैक्षिक सामग्री

उत्तर अफ्रिकी मुलुक दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकले त्यहाँको एक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन्।

दक्षिण सुडानको रूम्बेकमा सयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ नेपाली शान्ति सैनिकले त्यहाँस्थित मालेक प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोगस्वरूप उपलब्ध गराएका हुन्।

छाता, स्कुल झोला, नोटबुक, २० वटा बेन्च सो विद्यालयलाई हस्तान्तरण गरिएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *