मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।

जारीअघि मौद्रिक नीति पारित गर्न बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा सञ्चालक समितिको बैठक बसेको छ।

बैंक स्रोतका अनुसार आज दिउँसो ३ बजे होटल याक एण्ड यतिमा आयोजना गरिने कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्नेछन्।

गभर्नर अधिकारीका अनुसार बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य हासिल, मूल्यवृद्धि नियन्त्रण र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी मौद्रिक नीति ल्याउन लागिएको छ।

सरकारले गत जेठ १५ गते ६ प्रतिशतमाथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ।

बजेटले लिएका आर्थिक वृद्धिदरको लक्ष्य हासिल, रोजगारी सिर्जनादेखि मुलुकको वित्तीय तथा मौद्रिक नीतिको सुधार गर्ने गरी मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर