
सुन तस्करी प्रकरण
विमानस्थल भन्सार प्रमुख पोखरेल हटाइए, पाण्डेलाई जिम्मेवारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख अरूण पोखरेललाई जिम्मेवारीबाट हटाइएको छ।
अर्थ मन्त्रालयले पोखरेललाई हटाएर सो जिम्मेवारी सहसचिव टोकराज पाण्डेलाई दिएको छ।
पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाबाट अर्थमा सरूवा भएका थिए।
मन्त्रालयका अनुसार एक क्विन्टल तस्करीको सुन विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको घटनामा छानबिन गर्न पोखरेललाई उक्त जिम्मेवारीबाट हटाइएको हो।
प्रतिक्रिया