दृढताका साथ काम गर्न विमानस्थलका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन्।

आज विमानस्थल अनुगमनपछि मन्त्री डा. महतले आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तवरबाट गैरकानूनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरे।

‘अपराध र तस्करी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्, हामीले पनि हाम्रो प्रविधि समय सापेक्षा अपग्रेड गर्नुपर्ने हुन्छ,’ उनले भने।

सो अवसरमा मन्त्री महतले विमानस्थलमा भन्सार प्रक्रिया पूरा गरी सामान आउँदै गर्दा केकस्ता प्रक्रिया पूरा गर्नुपर्छ र प्राविधिक रूपमा के कस्ता समस्या छन् भन्ने विषयमा जानकारी लिएका थिए।

‘अराइभलदेखि डिपार्चर र कार्गो क्षेत्र सबैमा अनुगमन भयो, काम कसरी भइरहेको छ भन्ने हेरिएको छ,’ उनले भने, ‘सम्बन्धित निकायको समन्वयकारी भूमिका भएको खण्डमा सुन तस्करी जस्ता गैरकानूनी गतिविधि अन्त्य गर्न सकिन्छ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर