भुटानी शरणार्थी प्रकरण

थुनामुक्त गर्न माग गर्दै खाण र रायमाझीसहित उच्च अदालतमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूहरूलाई थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरूद्ध नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीसहितका प्रतिवादी उच्च अदालत पाटन पुगेका छन्।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रिहा गर्न माग गर्दै उनीहरूले उच्च अदालतमा निवेदन दिएका हुन्।

रायमाझी, खाणसहित १५ जनाको निवेदन दर्ता भएको उच्च अदालत स्रोतले जानकारी दियो।

उच्च अदालत पाटनले खाण र रायमाझीको हकमा कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ। यसअघि नै निवेदन दिएकाहरूको हकमा उच्च अदालत पाटनको आदेशअनुसार जिल्ला अदालतबाट प्रतिवेदन पेस भइसकेको छ ।

कैफियत प्रतिवेदन भनेको सम्बन्धित मुद्दामा तल्लो अदालतले गरेको आदेश र मुद्दाको विवरण हो।

कैफियत प्रतिवेदन प्राप्त भएपछि उच्च अदालतले सुनुवाइसहित जिल्लाको आदेशको परीक्षण गरी थप आदेश सुनाउँछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *