दोलखाको गौरीशंकरमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता

दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् ।

गए राति घर माथिबाट आएको पहिरोले पुर्दा अन्य तीन जना घाइते भएका छन् । पहिरोमा पुरिएर बेपत्ता हुने दुई घरका मानिस रहेको गौरीशंकर गाउँपालिका–८ का वडाध्यक्ष दावारिञ्जि शेर्पाले जानकारी दिए ।

बेपत्ता र घाइतेको पहिचान खुल्न बाँकी रहेको शेर्पाले बताए ।

पहिरोको कारण सात/आठ घर पूर्ण रूपमा क्षति भएका छन् । अझै पनि यकिन विवरण आइन नसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *