सुन तस्करी प्रकरण अनुसन्धानको जिम्मा राजस्वले सुम्पियो सीआईबीलाई

एक क्विन्टल सुन तस्करीको घटना थप अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीलाई सुम्पिने भएको छ।

विभागले यस प्रकरणको थप अनुसन्धान गर्न सम्पूर्ण फाइल र पक्राउ अभियुक्तहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीर्आइबी) लाई बुझाउने निर्णय गरेको हो।

विभागका महानिर्देशक नवराज ढुंगानाले आइतबार पत्रकार सम्मेलन गरी प्रकरणको बाँकी अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिने निर्णय भएको जानकारी दिएका हुन्।

यो अन्तरदेशीय र संगठित अपराध रहेकाले बाँकी अनुसन्धानको जिम्मा सीआईबीलाई दिने निर्णय भएको उनले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट साउन ३ गते तस्करीको एक क्विन्टल सुन बरामद भएको थियो।

यस प्रकरणमा नेपाली, भारतीय र चिनियाँसहित १८ जना पक्राउ परेकामा एक जनालाई हाजिर जमानीमा छाडिएको छ। पक्राउ पर्नेमा विमानस्थल भन्सारका ३ जना कर्मचारीसमेत छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर