
राष्ट्रपति पौडेल र इजिप्टकी राजदूतबीच भेटवार्ता


राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि इजिप्टकी राजदूत नोहा हमदेइ अहमेदले शिष्टाचार भेट गरेकी छन्। राष्ट्रपति भवन शीतल निवासमा आज भएको सो भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो।
भेटमा राष्ट्रपति पौडेलले सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप-२७) सफलतापूर्वक सम्पन्न गरेकामा इजिप्ट सरकारलाई बधाई दिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया