सुन प्रकरणमा को सत्तापक्ष को प्रतिपक्ष बिर्सिएर अनुसन्धानमा सहयोग गरौं : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले को सत्तापक्ष र को प्रतिपक्ष भन्ने बिर्सिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले, यसअघि सरकारले थालेका अनुसन्धान निचोडमा नपुगे पनि अब त्यसो नहुने विश्वासका साथ थालिएको अनुसन्धान पूरा हुन दिनुपर्ने बताए।

उनले भने ‘अनुसन्धान गर्ने विषयमा सम्बन्धित निकायले अनुसन्धान गर्न सुरू गरेको छ। जुन विषयको अनुसन्धान भइरहेको छ। त्यो विषयमा संयमता अपनाऔं। हामीले धैर्यता गरौं। राज्यका निकायहरूलाई सहयोग गरौं। को सत्तामा छौ को प्रतिपक्षमा छौं त्यो बिर्सिएर जाऔं।’

उनले अनुसन्धान भइरहेको विषयमा आशंका मात्रै गरेर केही नहुने भन्दै एक भएर अघि बढ्न आग्रह गरे।

जनतालाई संसद बन्द नभई खुला भएको हेर्न मन रहेको तर अवरूद्ध गरेर समाधान बाहिर खोजिएको भन्दै उनले आपत्ति जनाए।

उनले विश्वमा नेपालको शिर निहुराउने गरी भएको सुन प्रकरणको छानबिनमा गम्भीर हुन गृहमन्त्रीलाई आग्रह गरे।

सरकारले फाइल खोल्ने तर त्यसमा आशंका गरेर यस्ता अनुसन्धान प्रभावित हुने गरी प्रस्तुत हुने काम गलत भएको उनको तर्क छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर