छानबिन समितिको रटान मात्रै निकास होइन : रमेश लेखक

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारी संयन्त्रले काम गरिरहेको बेला छानविन समितिको मात्रै अडान लिनु अस्वाभाविक भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिदैँ उनले भने, ‘संसदमा प्रतिपक्ष दलले सुनको विषयमा उच्चस्तरीय आयोग बनाउनुपर्छ भन्ने प्रतिपक्षको माग हो। सरकारले भने अनुसन्धान गर्ने आयोगहरुले प्रभावकारी रुपले काम गरिरहेका छन् । उनिहरु कमजोर हुने, उनीहरुमाथि हस्तक्षेप हुने काम गर्नुहुन्न भन्ने छ ।’

यसअघि बनेका छानविन समितिको समेत राम्रो इतिहास नभएको भन्दै उनले काम भइहरेको बेला त्यसलाई सहयोग गर्नु आवश्यक भएको बताए ।

‘दुईवटा धारणाको बीचमा सरकारका जुन स्थायी निकायहरु छन्, उनिहरुले काम गरिरहेका अवस्था छ । उनीहरुलाई काम गर्न दिने र राज्य व्यवस्था समितिले त्यसमा हेर्ने, जानकारी लिन सक्छ र कतै कमजोरी छ भने भन्न पनि सक्छ । स्थायी निकायहरुले काम गर्न सकेन भने संसदले आयोगको लागि सुझाव गर्छ नि,’ उनले भने, ‘इतिहासमा आयोगहरु पनि राम्रो छैन त्यसकारण स्थायी निकायहरुलाई काम गर्न दिने त्यसमाथि संसदीय अनुगमनको व्यवस्था गरौं । त्यसले पनि पुगेन भने आयोगको कुरा आउँछ । ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर