पशुपतिमा थप एक पुजारी नियुक्त

हिन्दूहरूका आराध्यदेव पशुपतिनाथ मन्दिरमा थप एक पुजारी नियुक्त भएका छन्। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले चार महिनादेखि रिक्त पुजारी नियुक्ति गर्दै आज (बुधबार) नयाँ पुजारीलाई मन्दिर प्रवेश गराएको परिषदका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए।

‘चार महिनाअघि एक पुजारीले राजीनामा गर्नुभएको थियो,’ कार्यकारी निर्देशक खतिवडाले भने, ‘रिक्त रहेको एक पुजारी नियुक्त गरेर आज मन्दिर प्रवेश गराएका छौं।’

नयाँ नियुक्त भएका पशुपतिका पुजारी विनय अडिगा हुन्। उनलाई आज मन्दिर क्षेत्रका विभिन्न ठाउँको परिक्रमा गराउँदै मन्दिर प्रवेश गराइएको हो।

पशुपतिमा चार मूल पुजारी हुने गर्दछन्। तर, चार महिनादेखि तीन जना मात्र थिए। मन्दिरमा यसअघि कार्यरत एक पुजारीले फागुनमा राजीनामा गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर