तामाकोशीमा माछा मार्न गएका एक बालककाे पहिरोमा पुरिएर मृत्यु, तीनले भागेर ज्यान जाेगाए

दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ। बिगु गाउँपालिका-२, ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो।

तामाकोशी नदीमा माछा मार्न गएका तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङ्गटीले जनाएको छ। उनी गएराति माछा मार्न तामाकोशी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन्। तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ।

केही दिनअघि गौरीशङ्कर गाउँपालिका-७ मा पहिरोबाट दुई जनाको ज्यान गएको थियो। पहिरोमा परेर दुई जना अझै बेपत्ता छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर