संखुवासभा कारागारमा कैदी मृत्यु प्रकरण : सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन

जिल्ला कारागार सङ्खुवासभामा दुई जना कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ। सो घटनाको छानबिन गर्न सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो।

यहाँको जिल्ला कारागारमा रहेका दुई बन्दीको आज बिहान मृत्यु भएको थियो। मृत्यु हुनेमा मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका-७ का २८ वर्षीय आकास बलामी रहेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

गएराति १ बजे कारागारको चर्पीबाट भाग्ने क्रममा रहेका उनीहरूलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको डीएसपी गोदारले बताए। उनीहरू बिहान ४ बजे कारागारभित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्तालमा पुर्‍याइएको र सोही अस्पतालमा उनीहरूको मृत्यु भएको जेलर राजेन्द्र घिमिरेले बताए।

बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बलामी कारागारबाट भाग्ने प्रयास गरेका थिए। यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको बैठक बसी छानबिन समिति गठन गरेको हो।

घटनाको छानबिनका लागि समिति गठन गरिएको र छिट्टै सत्यतथ्य बाहिर आउने प्रजिअ शिवकुमार कार्कीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर