कार्यसमितिमा बहुमत छ भन्दैमा विधि र नियम मिच्नु भएन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो बहुमत छ भनेर नियम मिच्न नहुने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस प्रदेश १ (ख) र काठमाडौं वडा नम्बर ३१ को संयुक्त सम्मेलनमा नेता सिंहले नियम मिच्दा पार्टीभित्रको प्रजातान्त्रिक आचरणमा असर पर्ने बताए। उनले आफू यस्तो प्रवृतिविरूद्ध अभियान चलाएर आएको मान्छे भएको र त्यस्तो कार्यलाई नियन्त्रण गर्नुपर्ने बताए।

उनले भने ‘वर्किङ कमिटीमा आफ्नो बहुमत छ भन्दैमा विधि र नियम मिच्नु भएन भन्ने कुरालाई अभियानको रूपमा चलाएको मान्छे हो म।’

नेता सिंहले पार्टीलाई व्यवस्थित गरेर विधि नियमअनुसार लानुपर्ने बताएका छन्। समयलाई बुझेर चुनौतीको सामना गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने ‘यो बेकारको अस्वस्थ प्रतिपर्धा एकआपसमा नगरौं है। सबैले काम गर्दै जाऔं। अब अवसर पाउनको लागि धेरै फ्याक्टरहरू मिल्न पर्ने हुन्छ। इच्छा गर्नु आफ्नो अधिकारको कुरा हो तर आफूले चाहेको कुरा प्राप्त भएन भने बाटो नै बिराउने गरेर पार्टीको गतिविधि अगाडि बढ्दैन भन्ने हेक्का राख्नुपर्छ।’

नेता सिंहले राजनीतिमा धैर्य पनि हुनुपर्ने बताए। व्यक्तिगत पहिचानभन्दा पनि पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने उनको भनाइ छ।

उनले विरोधीहरूको भएन भन्ने नारालाई टिपेर पार्टी कमजोर भयो भनेर हिँड्न नहुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर