कोशी सरकारमा जसपा सहभागी, निर्मला लिम्बू स्वास्थ्यमन्त्री नियुक्त

कोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) की निर्मला लिम्बू नियुक्त भएकी छन्।

प्रदेशसभामा जसपाकी एक्ली सांसद उनलाई प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्री लिम्बूले आजै नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनीयताको शपथ लिएकी छन्।

यसअघि सत्ता गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) बाट एक÷एक जना मन्त्री नियुक्त भइसकेको प्रदेश सरकारमा आज जसपा पनि सामेल भएको हो।

मुख्यमन्त्री उद्धव थापाले प्रदेशमा कोशी नामविरूद्ध आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिबद्धता जनाएपछि आफू सरकारमा सामेल हुन लागेको लिम्बूले बताएकी थिइन्।

जसपा सांसद लिम्बू यसअघि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्यमन्त्री थिइन्। केन्द्रमा जसपाले एमालेको साथ छाडेर सत्ता गठबन्धनमा सामेल भएपछि उनले राजीनामा दिएकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर