सिँचाइ विभागमा तालाबन्दी गर्न पुगेका ४५ बढी निर्माण व्यवसायी प्रहरी नियन्त्रणमा (तस्बिरहरू)

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालसहित ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

समयमा भुक्तानी नपाएको र भुक्तानीको म्याद थप गर्नुपर्ने लगायतका विभिन्न नौ बुँदे माग राखेर आन्दोलन गर्दै आएका निर्माण व्यवसायीहरू आज कार्यालय समयमा ललितपुरस्थित सिँचाइ विभागको कार्यालयमा ताला लगाउन पुगेका थिए। नाराबाजीसहित विभागको कार्यालयमा ताला लगाएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर बल प्रयाेग गरी ताला खोलेकाे नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए।

‘हामीले नौं बुँदे माग राखेर कार्यालयमा ताला लगाएका थियौं। प्रहरीले बल प्रयोग गरेर ताला खोलेसँगै हाम्रो महासचिवसहित ४५ जनाभन्दा बढी व्यवसायी साथीहरूलाई पक्राउ गरेको छ,’ सिंहले भने।

आइतबार ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखेको छ।

सबै तस्बिरहरू : नेपाल न्यूज बैंक

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर