जनमतलाई सरकारमा ल्याउन मन्त्री अमनलाल मोदीलाई माओवादीले फिर्ता बोलायो

सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

माआवोदी सचिव देवेन्द्र पौडेलका अनुसार आज बसेको पार्टीको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएसँगै माओवादीले मन्त्री मोदीलाई फिर्ता बोलाएको हो।

अब मोदीको ठाउँमा जनमत पार्टीकी अनितादेवी साह नियुक्त हुनेछिन्।

जनमत पार्टी यसअघि पनि सरकारमा सहभागी भएको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको जनमतले भागबण्डामा उक्त मन्त्रालय नपाएपछि असन्तुष्टि जनाएको थियो।

जनमतका उपाध्यक्ष अब्दुल खानलाई खानेपानीमन्त्री बनाइए पनि उनी धेरै दिनसम्म मन्त्रालय गएका थिएनन्।

पछि मन्त्रालयमा पदभार सम्हालेका उनले चैत १७ गते मन्त्रीबाट राजीनामा दिएका थिए।

संसदमा जनमत पार्टीका ६ सांसद छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *