बंगलादेशमा उड्नै लागेका दुईवटा विमानमा चरा ठोक्किएपछि…

बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न लागेका दुईवटा विमानमा चरा ठोक्किएपछि उडान अवरूद्ध भएकाे तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सको ब्याङ्कक उड्न लागेको विमानमा चरा ठोक्किएपछि एउटा टायर फुटेर उडान अवरूद्ध भएको उक्त विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ । यात्रुहरूलाई वैकल्पिक व्यवस्था गरेर ब्याङ्कक पठाइएको थियो ।

दोस्रो घटनामा फ्लाई दुबईको विमान दुबईतर्फ उड्न लागेका बेला विमानको वाया इन्जिनमा चरा ठोक्किएपछि तीनवटा प्रपेलर ब्लेडमा क्षति भएको थियो । विमान उड्न केही सेकेण्ड बाँकी हुँदा अकस्मात् रोक्नुपर्दा दुईवटा पाङ्ग्रा पनि पग्लिएकाे स्रोतहरूलाई उद्धृत गर्दै उक्त अखबारले खबर छापेको छ ।

यसअघि गत डिसेम्बरमा पनि सोही विमानस्थलमा अवतरणका क्रममा विमानको इन्जिनमा चरा ठोक्किएर ड्रिमलाइनर विमानमा क्षति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *