सरकार फेर्ने र ढाल्ने कुरा भएको छैन : रमेश लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीभित्र सरकार फेरबदलबारे कुनै कुरा नभएको बताएका छन् ।

शुक्रबारदेखि जारी संसदीय दलको बैठकपछि आइतबार पत्रकारहरूसँग बोल्दै उनले अहिले कांग्रेस सरकार फेरबदलको पक्षमा नरहेको बताएका हुन् ।

‘अहिले हामीबीच सरकार बदल्ने, फेर्ने र ढाल्ने कुरा भएको छैन,’ उनले भने, ‘भोलि सम्पन्न हुने संसदीय दलको बैठकबाट केही महत्त्वपूर्ण निर्णय हुन सक्छ ।’ तीनमा सरकार फेरबदलको विषय नपर्ने उनको भनाइ छ ।

उनले शुक्रबार र आइतबार गरेर दलको बैठकमा अहिलेसम्म ५० जना सांसदहरूले बोलिसकेको बताएका उनले भोलिको बैठकले केही महत्त्वपूर्ण कुरा पारित गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *