बिदा हुँदै निवर्तमान मन्त्री मोदीले भने- पद र प्रतिष्ठा सधैं रहँदैन, पाएको जिम्मेवारी पूरा गर्नु महत्त्वपूर्ण हो

निवर्तमान संघीय मामीला तथा प्रशासनमन्त्री अमनलाल मोदीले पद र प्रतिष्ठा सधैं नहरने भन्दै पाएको जिम्मेवारी पूरा गर्नु महत्त्वपूर्ण कुरा भएको बताएका छन्।

सोमबार मन्त्रलायमा आयोजित पत्रकार सम्मेलनमा उनले पद, प्रतिष्ठा सधैंभरि नरहने भएकाले जिम्मेवारी लिएपछि अन्तिमसम्म देश र जनताका लागि काम गर्नुपर्ने बताए।

उनले भने, ‘सबैले आफ्नो काम राम्रसँग गर्नुहोस्। यो पद प्रतिष्ठा सधैंभरि रहँदैन। आज म बिदाइ भए अर्को दिन अर्को मन्त्री। यो निरन्तर चल्छ, मन दुखाउन पनि हुँदैन। तर, जिम्मेवारी लिएपछि अन्तिमसम्म देश र जनताका लागि एकदम काम गर्नुपर्छ।’

सामान्य परिवारबाट आएर आफूले मन्त्रीको रूपमा छोटै समय भए पनि जनताका लागि सेवा गर्न पाएको भन्दै उनले खुसी व्यक्त गरे।

‘जिम्मेवारीको अवसर एउटा सामान्य परिवारको मान्छे यसरी मन्त्रीको रूपमा आए यो अवसर दिनुभयो। त्यसमा सिक्ने मौका पाएँ। विभिन्न देशबाट पनि जो सहयोग गर्नुभयो यसको लागि धन्यवाद!’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर