
गठबन्धन बैठकको निष्कर्ष : सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको माग छानबिनलाई अवरोध गर्ने प्रयास

सत्तारूढ गठवन्धनका शीर्ष नेताहरुको बैठकले, सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको माग छानबिन प्रक्रियालाई अवरोध गर्ने प्रयासस्वरूप आएको निष्कर्ष निकालेको छ।
बालुवाटारमा बसेको गठबन्धन दलको बैठकपछि एकीकृत समाजवादीको उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘वास्तवमा भन्ने हो यस्तो अवस्थामा उच्चस्तरीय आयोगको माग्नु भनेको चाहिँ यो भइरहेको छानबिनलाई अवरोध गर्नु हो। र, यो केसलाई डेल्युट गर्नु हो भन्ने खालको हामी सबैको छलफल रह्यो।’
त्यस्तै बैठकमा प्रतिपक्षको मागबारे गम्भीर छलफल भएको उनले बताए। ललिता निवास प्रकरणमा अदालतले दिएको आदेश त्यसैगरी गौर हत्याकाण्डको अनुसन्धानको विषयमा पनि छलफल भएको उनले जानकारी दिए।
प्रतिक्रिया