सुन तस्करी प्रकरणमा थप चार चिनियाँ पक्राउ

६० किलो ७ सय १६ ग्राम सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तीन पुरूष र एक महिला छन्। चिनियाँ नागरिकहरू वेन याङ, मी तियान (महिला), डिङ सेङ्फा र ली नेङ्काई पक्राउ परेका हुन्। प्रहरीले उनीहरूलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगेको छ।

यससँगै यो प्रकरणमा पक्राउ पर्नेहरूको संख्या २१ पुगेको छ। पक्राउ परेका केही छुटेपछि संख्या २१ मा रहेको हो।

राजस्व अनुसन्धान विभागले साउन ३ मा सुनसहितको १५५ केजी ‘ब्रेक शु’ बरामद गरेको थियो। तर, सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक शुबाट निकालेपछि मंगलबार गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै तौल आएको थियो।

यसअघि विभागले गरेको पत्राचारका आधारमा कालोसूचीमा परेका तीन चिनियाँ नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेर सोमबार ब्यूरोलाई बुझाएको थियो। तीमध्ये कसैको पनि सुन तस्करी प्रकरणमा संलग्नता नदेखिएको भन्दै सीआईबीले छाडेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर