प्रधानसेनापति प्रभुराम शर्मा ‘आइपीएसीसी’ मा भाग लिन भारत जाने

प्रधानसेनापति प्रभुराम शर्मा २५ देखि २७ सेप्टेम्बरसम्म भारतमा आयोजना हुने इन्डो–प्यासिफिक आर्मी चिफ कन्फरेन्स (आइपीएसीसी) सम्मेलनमा भाग लिन भारत जाने भएका छन् । यो सम्मेलनमा यसअघि नेपाली सेनाका प्रधानसेनापतिहरुले लामो समयदेखि भाग लिँदै आएका छन् ।

अमेरिकी सेनाका इन्डो–प्यासिफिक कमाण्ड र भारतीय सेनाको संयुक्त आयोजनामा आइपीसीसी सम्मेलन हुन लागेको हो । भारतीय सेना र अमेरिका सेनाले यसअघि २० अप्रिलमा यो सम्मेलन आयोजनाको घोषणा गरेका थिए । अमेरिकी सेनाका जनरल जेम्स बी जेरार्ड र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल धिरज सेठ सम्मिलित उक्त बैठकले यसपटकको आइपीएसीसीको योजनाको खाका बनाएका थिए ।

सैनिक प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले प्रधानसेनापति शर्मा असोज ८–१० सम्म भ्रमणमा जाने बताए । पर्दाफाससँगको कुराकानीमा उनले प्रधानसेनापतिको भारत भ्रमणमा भारतीय सेनासँग कुनै सहयोग आदानप्रदान वा सहकार्य सहमतिको विषयमा कुनै गृहकार्य भएको छैन् ।

शर्मा प्रधानसेनापति भएपछि दोस्रो पटक भारत भ्रमणमा निस्कन लागेका हुन् । यसअघि उनले प्रधानसेनापति हुनेबित्तिकै २०७८ को कात्तिक २३–२६ सम्म भारतको भ्रमण गरेका थिए । त्यस बेला उनले दुई मुलुकका सेनाबीच एकअर्काको सैनिक प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाउने परम्पराअनुसार भारतीय सेनाका मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर