जोखिम बढेपछि सेती नदी किनाराका स्थानीयलाई सुरक्षित स्थानमा सारियाे

अविरल वर्षाका कारण सेती नदी किनारामा जोखिम बढेपछि उक्त स्थानमा रहेका स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

नेपाली सेनाले अन्य निकायको समन्वयमा जोखिममा परेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका-४, पुल्चोकमा रहेका ३ वटा घरहरू जमिन भासिएर सेती नदीमा खस्ने जोखिम बढेपछि बुधबार नेपाली सेनाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

यसको साथै जोखिममा रहेका घरहरूबाट स्थानीयबासीको लत्ताकपडा, खाद्यान्न तथा भाँडावर्तनलगायतका सामग्रीहरूसमेत सुरक्षित स्थानमा लगिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर