सेनाका सहायक रथी गणेशकुमार श्रेष्ठ उपरथीमा बढुवा

नेपाली सेनामा हालै बढुवा भएका उपरथी गणेशकुमार श्रेष्ठले दर्ज्यानी चिह्न लगाएका छन्।

शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक सामारोहमा प्रधानसेनापति प्रभुराम शर्माले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

सरकारको साउन ३० गतेको निर्णयअनुसार श्रेष्ठ सहायक रथीबाट उपरथीमा बढुवा भएका हुन्।

हाल निमित्त कार्यरथीको रूपमा कार्यरत उपरथी श्रेष्ठ पदोन्नतिसँगै कार्यरथीमा नियुक्त भएका छन्।

दर्ज्यानी चिह्न प्रदान गर्न आयोजित कार्यक्रममा बलाध्यक्ष रथी सीताराम खड्का, रथीहरू, अधिकृतहरूका साथै पदोन्नति भएका उपरथी श्रेष्ठका परिवारजनको उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर