अपराधको बढ्दो दायरालाई नियन्त्रण गर्न कानूनमा सुधार आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक मुलुकमा बसी अर्को मुलुकमा गर्ने अपराधसमेत नियन्त्रण गर्ने कानूनहरूमा समसामयिक सुधार गर्दै अघि बढ्ने बताएका छन् ।

शुक्रबार मुलुकी संहिता दिवस, २०८० का अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले नयाँ प्रकृतिका अपराधलाई नियन्त्रण गर्न र सामाजिक मूल्य मान्यताअनुरूप भइरहेका कानूनमा समसामयिक व्यवस्था गर्नुपर्ने राज्यको दायित्व भएको बताए ।

उनले भने ,‘समाज रूपान्तरणको मुख्य औजारका रूपमा रहेको कानूनी संरचनाले मुलकको आर्थिक तथा सामाजिक विकासलाई समेत प्रत्यक्ष रूपमा प्रभावित गर्ने गर्दछ । समाजमा देखापर्ने नयाँ प्रकृतिका अपराधलाई नियन्त्रण गर्न र सामाजिक मूल्य मान्यताअनुरूप भइरहेका कानूनमा समसामयिक व्यवस्था गर्नुपर्ने स्वाभाविक दायित्व राज्यउपर रहन्छ । ’

देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानून नै भएको र कानूनको सफल कार्यान्वयनमा नै राज्य व्यवस्था सही ढङ्गले सञ्चालन हुने उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानले अंगीकार गरेका विभिन्न मूल्यमान्यताहरू तथा प्रत्याभूत गरेका हक अधिकारको कार्यान्वयन गर्न पनि विभिन्न कानूनहरू निर्माण भएर कार्यान्वयनमा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *