एशिया रग्बी यू-२० सेभेन्सको तयारी पूरा

भोलिदेखि काठमाडौंमा सुरू हुने एशिया रग्बी यू-२० सेभेन्स महिला तथा पुरूष प्रतियोगिता-२०२३ को सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल रग्बी संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एयिसा रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा भोलि भदौ २ र ३ गते हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले एशियन यू-२० रग्बी सेभेन्स प्रतियोगितामा एसियाका ७ वटा देशहरु भारत, थाइल्याण्ड, चाइनिज ताइपेई, हङकङ, उज्वेकिस्तान र नपालको सहभागिता रहने जानकारी दिए । महिला रग्बी सभेन्सतर्फ भने नेपाल, थाइल्याण्ड, हङकङ र मलेसियाको सहभागिता रहने जानकारी पनि दिइएको छ ।

महासचिव घिमिरेले भने, ‘प्रतियोगिताको महिलातर्फ एकै पोलमा राउड रोविनको आधारमा खेलाइनेछ भने पुरूषतर्फ दुई पोल ए र बी रहेको छ । दुबै पोलका खेलहरु लिग कम नकआउटको आधारमा खेलाइनेछ, प्रतियोगितामा करिब २ सय जना विदेशी खेलाडी र २५ जना निर्णायक तथा अफिसियलहरू रहनेछन् । ’

नेपाली महिला तथा पुरूष राष्ट्रिय टोलीले ५० दिनको बन्द प्रशिक्षण पोखरामा सम्पन्न गरी काठमाडौं आइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर