रसुवामा दुई किलो सुनसहित साला-भिनाजू पक्राउ

रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५, स्याफ्रुवेशीबाट दुई किलो सुनसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५, पोखरीका २४ वर्षीय सुदीप शेर्पा र सोही गाउँपालिका-१ घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२, टिमुरे बस्ने ३० वर्षीय फुस्याङबु शेर्पा रहेका छन्।

प्रहरी चौकी स्याफ्रुवेशीबाट खटिएको प्रहरीले उनीहरूलाई शनिवार साँझ पक्राउ गरेको हो।

सोही गाउँपालिका-२, टिमुरेबाट स्याफ्रुवेशीतर्फ जाँदै गरेका पैदलयात्री सुदीपलाई जेकजाँच गर्ने क्रममा बिस्कुट आकारको दुई किलो सुन फेला परेको थियो।

थप अनुसन्धानका क्रममा उनका भिनाजू नाता पर्ने फुस्याङबु शेर्पासमेतको संलग्नता रहेको खुलेपछि टिमुरेबाट फुस्याङबु शेर्पालाई पनि पक्राउ गरिएको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर