न्याय

सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढ्यो : प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठ

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढेको बताएका छन्।

संसदीय सुनुवाइ समितिमा सुनुवाइको प्रक्रियामा श्रेष्ठले न्यायपालिकामा कार्यबोझ र न्यायसम्पादनको स्तरबारे उल्लेख गर्दै पछिल्लो दश वर्षको तुलनामा अदालतमा कार्यबोझ पनि तीन गुणाले बढेर गएको बताए।

उनले भने, ‘२०६१ साल मसान्तसम्म १ लाख १० हजार १ सय २ मुद्दा थियो। तर, २०८० साल असार मसान्तसम्म ३ लाख ३७ हजार ६ सय २ मुद्दाको संख्या पुगेको छ। मुद्दाहरू करिब तेब्बर संख्यामा दर्ता हुने क्रम बढेको छ।’

१० वर्ष अगाडिको फर्स्योट दर हेर्दा जम्मा ५४ हजार ४ सय ४४ मुद्दाहरू फर्स्योट भएको देखिएको चर्चा गर्दै उनले ८० साल असार मसान्तसम्म १ लाख ८१ हजार ३ सय ३८ मुद्दा फर्स्योट भएको जानकारी गराए।

उनले भने ‘सर्वोच्चको कार्यबोझ हेर्दाखेरि १० वर्ष अगाडि सर्वोच्चमा जम्मा २४ हजार ५ सय ७० मुद्दा पर्थे र फर्स्योट ६ हजार ७९६ मात्र हुन्थो। अहिले असार मसान्तसम्म ४० हजार ३०३ मुद्दाको दर्ता संख्या रह्यो। र, त्यसमा १२ हजार १६२ फर्स्योट अर्थात् १० वर्ष अगाडिको तुलनाको रूपमा सबैभन्दा धेरै सर्वोच्चले फैसला गरेको छ।’ -नेपाल न्यूज बैंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर