निश्चित कार्कीलाई आईएसएफ यु–१५ मा स्वर्ण

नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू–१५ जिम्न्यासाइडमा स्वर्ण पदक जितेका छन् ।

मंगलबार भएको कलरवेल्ट पुम्सेको फाइनलमा कार्कीले ब्राजिलका खेलाडीलाई पराजित गरी स्वर्ण जितेका हुन् ।
कार्कीले फाइनलमा १० अंकको खेलमा ७.४ अंक जोड्दा प्रतिद्वन्द्वी बाजिलका खेलाडीले ७.१ अंक मात्र प्राप्त गरेका थिए ।

यसअघि कार्कीले सेमीफाइनलमा मेक्सिकोलाई हराएका थिए । मेक्सिकोले ६.८ अंक जोड्दा ७.४अंक प्राप्त गरेका थिए ।

जितसँगै ११ राष्ट्रले प्रतिस्पर्धा गरेको गर्ल्स बास्केटबलमा नेपालले नवौं स्थान हात पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर