डिजिटल कारोबारलाई प्रोत्साहन गर्न जरूरी छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको सम्पूर्ण कारोबार डिजिटल रूपमा हुनुपर्ने बताएका छन्।

वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम उद्घाटन समारोहमा उनले आफूले साइन गरेको नोट फ्रेममा रहोस् र कारोबार भने डिजिटल होस् भन्ने चहाना रहेको र धेरै हदसम्म पूरा पनि भएको बताए।

उनले डिजिटल कारोबारबाट पारदर्शिता बढ्ने, सुशासन आउने र कारोबार रेकर्ड राख्नलगायत धेरै काम सहज हुने पनि बताए।

‘म नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरमध्ये एक हुँ। तर, मेरो चाहना त्यो साइन गरेको नोट फ्रेममा रहोस् र हाम्रो कारोबार भने डिजिटल होस् भन्ने हो र त्यो धेरै हदसम्म पूरा पनि हुन थालेको छ,’ उनले भने, ‘यसले हामीलाई पारदर्शिता बढाउँछ, सुशासन ल्याउन सघाउछ, कारोबारहरू रेकर्ड हुन्छ, सरकारको कर पनि नियमित रूपमा आउँछ, आएन भने पनि ट्रेस गर्न सकिन्छ। धेरै फाइदाहरू हुन्छन्।’

उनले अघिल्लो वर्षबाट डिजिटल आर्थिक साक्षरताको अभियान पनि सुरू भएको भन्दै त्यसको फलस्वरूप प्राय नेपालीहरू अहिले मोबाइल बैंकिङ प्रयोग गर्न सक्ने भएको जिकिर गरे।

एक पटक लिएको बैंकिङ कारोबारको दररेट सात वर्षसम्म परिर्वतन नहुने व्यवस्था पनि रहेको तर त्यसलाई मानिसहरूले उपयोग गर्न नसकेको उनको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर