संसदीय समितिको सभापतिमा एमालेका ऋषिकेश र किरणकुमारले गराए मनोनयन दर्ता

प्रतिनिभिसभाअन्तर्गत गठित लेखा र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा ऋषिकेश पोखरेल र किरणकुमार साहले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिनिभिसभाअन्र्तगत गठित १० ओटा विषयगत समितिको सभापतिको चयनका लागि आज भइरहेको उम्मेदवारी दर्ता प्रक्रियामा नेकपा (एमाले) को तर्फबाट लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साहले उम्मेदवारी दर्ता गराएका हुन ।

एमालेलाई तीनओटा समिति भागमा परेको छ।

भोलि हुने संसदीय समितिको सभापतिको निर्वाचनका लागि सभामुख देवराज घिमिरेले आज बिहान ११ बजेबाट दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेका छन्।

मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आज ४:३० बजेपछि प्रकाशन गर्ने संसद सचिवालयको तयारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर