जनगायक जेबी टुहुरे साहित्यिक र सांस्कृतिक आन्दोलनको धरोहर : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनगायक जेबी टुहुरे साहित्यिक र सांस्कृतिक आन्दोलनको धरोहर भएको बताएका छन्।

आइतवार काठमाडौंमा जनगायक जेबी टुहुरेको दोस्रो स्मृति दिवस तथा श्रष्टा सम्मान कार्यक्रममा प्रधानमन्त्री दाहालले जनगायक टुहुरे कुनै पार्टी, गुट विशेषको नभएर सिंगो राष्ट्रको वाम लोकतान्त्रिक, साहित्यिक र सांस्कृतिक आन्दोलनको एउटा धरोहर भएको भन्दै उनलाई कहीँकतै कैद गर्न खोजियो भने अन्याय हुने तर्क गरे।

उनले भने,‘उहाँ कुनै पार्टी विशेष, गुट विशेष या कुनै समूह विशेषको मात्र धरोहर होइन, उहाँ सिंगो राष्ट्र नेपालको वाम लोकतान्त्रिक आन्दोलनको, साहित्यिक र सांस्कृतिक आन्दोलनको एउटा धरोहर हो। उहाँलाई कहीँकतै कैद गर्न खोजियो भने मेरो विचारमा उहाँमाथि अन्याय हुन्छ।’

प्रधानमन्त्री दाहालले टुहुरेका गीतहरूले नागरिकका दुःख र अन्यायका विरूद्ध आवाज उठाउने गरेको बताए। टुहुरेको योगदान प्रेरणाको स्रोत बनेर अमर रहने उनको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *