सारूकका लागि न्याय माग्दै नम्रताले भनिन्- प्रहरी प्रशासनलाई मेरो पूर्ण सहयोग रहन्छ

अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारूक ताम्राकारको मृत्य प्रकरणमा प्रहरी प्रशासनलाई सहयोग गर्न तयार रहेको बताएकी छिन्।

सोमबार फेसबुकमा लेख्दै उनले आफू महिला भएकै कारण आफूमाथि सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, ‘अनुसन्धानलाई प्रभाव पार्ने काम कोही कसैबाट नगरौं, जस्टिस फर सारूक, निष्पक्ष छानबिन होस्, म र मेरो परिवारको तर्फबाट प्रहरी प्रशासनलाई अनुसन्धानको सवालमा पूर्ण सपोर्ट रहने छ।

कपोकल्पित तवरले देशै छोडेर क्यानडातिर गएको जस्ता फण्डाहरू फिँजाइएको तर आफू कही पनि नगएर देशमै रहेको पनि उनको प्रष्टोक्ति छ।

‘कपोलकल्पित तवरले देशै छोडेर क्यानडा तर गएको जस्ता फण्डाहरू फिँजाइयो, जबकि इण्डियाभन्दा बाहिर देश जाँदा भिसा चाहिन्छ, प्रहरी प्रशासनलाई बयान दिन जाँदा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरूले भन्नुभयो- तपाईं त विदेशतिर जानुभो भनेर हंगामा थियो त मिडियाहरूतिर, तर कतै भिजिट गरेको देखिन्न त भनेर अचम्मित हुनुभयो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर