एमसीसी पास गरेर नेपाली जनतालाई धोका दिइयो : हेमशंकर गिरी

पूर्वसुरक्षाकर्मी परिषद, नेपालका प्रवक्ता हेमशंकर गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेका सभापति शेरबहादुर देउवासहितको सरकारले एमसीसी पास गरेर जनतालाई धोका दिएको आरोप लगाएका छन्।

सोमबार एमसीसी कार्यान्वयनविरूद्धको बृहत् अन्तर्क्रिया कार्यक्रममा प्रवक्ता गिरीले संयुक्त सरकारकै सहभागितामा मुलुकलाई धोका दिने काम भएको बताए।

उनले भने, ‘राष्ट्रघाती एमसीसी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घाँटीमा तरबार झुण्ड्याएर पास गरेको हो कि के हो, मलाई थाहा छैन। उहाँ आफैं संयुक्त सरकार सहभागी हुनुहुन्थ्यो २०७४ मा, त्यतिबेला नै यो एमसीसी सम्झौता भएको थियाे।’

प्रवक्ता गिरीले एमसीसी पास गरेर नेपाली जनता र मातृभूमिप्रति धोका भएको जिकिर गरे। उनले नेपालजस्तो मुलुकमाद्न्द्व फैलाएर तहसनहस गरेर विदेशी सेनाको कब्जामा देशलाई पुर्‍याउने कार्य भएको दाबीसमेत गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *