
एमसीसी खारेज गर्न नमान्नेलाई जनताको माझमा नांगेझार पार्नुपर्छ : ऋषि कट्टेल


नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष क्रृषि कट्टेलले राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको निर्णय गर्न नमान्नेलाई जनताको माझमा ल्याएर नांगेझार पार्नुपर्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एमसीसी कार्यान्वयनविरुद्धको वृहत अन्तरक्रिया कार्यक्रममा कट्टेलले अब केही नगरि यो रोकिन्छ भनेर बस्नु व्यर्थ हुने बताए।
उनले भने, ‘यदि एमसीसी खारेज गर्ने निर्णय लिँदैनन भने र यसलाई कार्यान्वयन गर्छन भने तपाईलाईले मञ्चबाट घोषणा गर्नुपर्छ यी राष्ट्रघाती हुन्। नामै काटेर भन्नुपर्छ एमसीसीका राष्ट्रघाती यी चारवटा हुन्, यिनलाई देशभरि जनताको माझमा नंग्याउनुपर्छ। अब त्यसै यो रोकिन्छ भनेर बस्न हुन्न।’
अध्यक्ष कट्टेलले समाजवादी मोर्चामा आबद्ध प्रधानमन्त्री एमसीसी लागू गर्ने अपराधी रहेको आरोप पनि लगाए।
प्रतिक्रिया