सशस्त्रका एसपी स्वर्गीय सुमन थपलियाको स्मृतिमा अवार्ड घोषणा

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले आगामी सशस्त्र प्रहरी बल दिवसदेखि प्रदान गर्ने गरी सशस्त्र प्रहरी उपरीक्षक (एसपी) स्वर्गीय सुमन थपलियाको स्मृतिमा बेस्ट इन्टिग्रीटी अफिसर अवार्ड प्रदान गर्ने घोषणा गरेका छन्।

सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय सुमन थपलियाको स्मृतिमा शुक्रबार पर्सास्थित नं. १३ गणमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले सो घोषणा गरेका हुन्।

महानिरीक्षक अर्यालका अनुसार पेसागत रूपमा दक्ष , उच्च अनुशासनलगायतका पक्षलाई मूल्यांकन गर्दै प्रत्येक वर्ष एक जना अधिकृतलाई सो पुरस्कार प्रदान गरिने छ।

स्व. थपलियाको १२ औं दिनको स्मृति कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उनको असामयिक निधनबाट एक कुशल र क्षमतावान अधिकृत गुमाउनुपर्दा संगठनलाई अपूरणीय क्षति पुगेको बताए।

यसैबीच सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँगको भेटघाटमा वीरगञ्ज उद्योग वाणिज्य संघले स्व. थपलियाको स्मृतिमा २ लाख रूपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणासमेत गरेको छ।

गणमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख, उपप्रमुख, पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी, वीरगञ्ज भन्सारका प्रमुख, सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपतिलगायत अन्य सुरक्षा निकायका जिल्लास्थित प्रमुख तथा अन्य संघसंस्थाका पदाधिकारी , स्थानीय भद्रभलाद्मीहरूको समेत उपस्थिति रहेको थियो।

नं. १३ गण पर्साको गणपति रहेका थपलियाको भदौ २ गते निधन भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *