नेपालको नयाँ नक्साअनुसारको भूभाग नदेखाएको भन्दै बालेन शाहले रद्द गरे चीन भ्रमण

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन्।

चीन सरकारको निमन्त्रणामा बिहीवार बेइजिङ प्रस्थान गर्ने तय भएकाेमा उनले अन्तिम समयमा भ्रमण रद्द गरेका हुन्।

चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्साअनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेको सामाजिक सञ्जाल फेसबकुमार्फत घोषणा गरेका हुन्।

‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं। त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु,’ बालेनले लेखेका छन्।

नेपालले ७ जेठ, २०७७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चच्चे नक्सा संसदबाट पारित गरेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर